दफा १५३
नाबालकको माथवर हुने

(१) कुनै नाबालकको यस भागको परिच्छेद ६ बमोजिमको कुनै संरक्षक नभएमा निज अठार वर्ष पूरा नभएसम्म निजको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि कुनै व्यक्तिले त्यस्तो नाबालकको माथवरको हैसियतले काम गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो नाबालकको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचारको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गर्न सक्नेछ ।